३० पुस । क्रियासिल पत्रकार मञ्च सुर्खेतले जिल्लाका विभिन्न संचार माध्ययमका सम्पादक तथा स्टेशनम्यानेजर हरु संग अन्तरक्रिया सम्पन्न गरेको छ । जिल्लाका संचार माध्ययम तथा पत्रकारहरुले भोग्नुपरेका समस्या र समाधानका उपायवारे सहभागीहरुले आ आफ्ना धारणा राखेका थिय ।
जिल्लाको विभिन्न सवालहरुलाइ साझा एजेण्डा बनाउने वारे समेत सहभागीहरुले प्रतिवद्धता जनाएका थिय । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले जिल्लाका सवै संचार माध्ययमहरुले कसैको प्रभावमा नपरी कलम चलाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा क्रियाशिल पत्रकार मञ्च सुर्खेतका अध्यक्ष ललित बुढाले विभिन्न पाँच जिल्लाका पत्रकारहरुलाइ लेखनवृत्तिको लागि समेत सहयोग गरिरहेको जानकारी दिए । पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि समेत मञ्चले भविष्यमा विभिन्न क्रियाकलापहरु समेत संचालन गर्ने उनले बताए ।
प्रतिकृया दिनुहोस्