Birendranagar Municipality

सुर्खेत, दैलेख र मुगुबाट राष्ट्रिय सभामा प्रतिनिधि पठाउन माओवादी केन्द्रको माग

सेरोफेरो/सुर्खेत

३० पुस । नेकपा एमाले र माओवादी केन्द्रबीच बिचार, नेतृत्व र संगठनमा सम्मानजनक एकता हुनुपर्नेमा माओवादी केन्द्र सुर्खेतले जोड दिएको छ । आइतबार सुर्खेतमा सम्पन्न केन्द्रको बैठकले आगामि माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्र सुर्खेतबाट प्रतिनिधित्व हुनुपर्ने ठहर समेत गरेको छ ।


केन्द्रले प्रदेश ६ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व नभएका मुगु, दैलेख र सुर्खेत जिल्लाबाट राट्रिय सभामा पार्टीको प्रतिनिधित्व हुुनुपर्नेमा जोड दिएको छ । 'यस सम्बन्धमा हामीले पार्टीको प्रदेश कमिटि र केन्द्रमा पनि जोडदार ढंगले कुरा राख्नेछौं', पार्टी प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले भने । बैठकमा पार्टी एकताको अभियानलाई छिटो भन्दा छिटो अगाडि बढाउनु पर्ने लागायतका विषयमा छलफल भएको उनले जानकारी दिए ।

 

पोलिट्ब्युरो सदस्य तथा जिल्ला ईन्चार्ज कृष्ण जिसीको अध्यक्षतामा बसेको बैठकमार्फत् हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको समीक्षा गर्दै नतिजा आफनो पक्षमा पार्न सफल भएकोमा कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो ।

२०७४ पुस ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्