Birendranagar Municipality

सुर्खेतको प्रसिद्ध देउती बज्यै दर्शन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह सुर्खेत आउने

सेरोफेरो/सुर्खेत
सुर्खेतको प्रसिद्ध देउती बज्यै दर्शन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह सुर्खेत आउने

३० पुस । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालकै प्रसिद्ध देउती बज्यै दर्शन गर्न आगामी बुधबार सुर्खेत आउने भएका छन् । बलभद्र भारती संयोजक रहेको स्वागत समितिले आइतबार उक्त जानकारी दिएको हो ।

 

शाह माघ ३ गते बुधबारका दिन विहान ११ बजे आउने कार्यक्रम छ । उनको स्वागतका लागि समाजसेवी बलभद्र भारतीको संयोजकत्वमा पूर्व राष्ट्रिय पञ्चायत सदस्य घनश्याम गिरी, पूर्व जिविस सभापतिहरु मोतिप्रसाद सापकोटा, ओमबहादुर जिसी, वसन्त थापा, पूर्व जिविस उपसभापति तुलाराम गिरी, वीरेन्द्रनगर नगरपालिकाका पूर्व मेयर मुकुन्दश्याम गिरी र पूर्व प्रधानपञ्च मानबहादुर खड्कासमेत रहेको ६५१ सदस्यीय स्वागत समिति गठन गरिएको छ ।


समितिले उक्त पूजाअर्चना कार्यक्रममा उपस्थितिका लागि सर्वसाधारणलाई अनुरोध गरेको छ ।

२०७४ पुस ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्