३० पुस । मुगुमा ट्याक्टर दुर्घटना हुँदा २२ वर्षिय डबल बडुवालको मृत्यु भएको छ । सडकमा रोकि राखिएको ट्याक्टर दुर्घटनामा परि उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा बडुवालको मृत्यु भएको हो ।
गमगढी बजारको न्युरोड क्षेत्रमा पार्किङ्ग गरि राखिएको भे १ त ७९६८ नम्बरको ट्याक्टरलाई बाटो खुलाउन खोज्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । मृतक बडुवाल भे १ त ७२४० ट्याक्टरका सहचालक हुन् । उनी छायाँनाथ रारा नगरपालिका वडा नं. १० गाँडापानीका स्थायी बासिन्दा रहेको प्रहरी हवल्दार कुशराज शाहीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्