३० पुस । सुर्खेतमा तरुलको भाउ ह्वात्तै बढेको छ । माघे सँक्रान्तिका बेला तरुलको माग बढ्ने भएकाले मूल्यमा पनि वृद्धि आएको हो ।
गत बर्षभन्दा अहिले तरुलको भाउ बढेको उपभोक्ताको गुनासो छ । वीरेन्द्रनगर ११ की कमला विक भन्छिन्, ‘पोहोर प्रति केजि २ सय रुपैयाँमा किनेको वनतरुल अहिले १ सय बढेर ३ सय रुपैयाँ भएको छ ।' भाउ बढेपनि तरुलको व्यापारमा भने कमी भएको छैन । जाडोको मौसममा तरुल खाँदा शरीरको तापक्रम बढ्ने बताइन्छ ।
पुस मसान्तको दिन वीरेन्द्रनगरमा तरुल, गञ्जीको व्यापार गर्नेको घुइँचो हेर्नुहोस् तस्बिरहरु ।
प्रतिकृया दिनुहोस्