२ माघ । मनाङबाट प्रदेश सांसद बनेका दिपक मनाङेलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ । ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चले सदर गरेको हो ।
सर्वोच्चका न्यायाधीशहरु दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा उक्त सजाय सुनाएको हो । यो फैसलासँगै सपथ नै नलिई मनाङेको पद स्वत: निलम्बनमा परेको छ ।
पुनरावेदन अदालतले पाँच वर्षअघि संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा जेल सजायको फैसला सुनाएको थियो ।
प्रतिकृया दिनुहोस्