२ पुस । छायानाथ रारा नगरपालिका वडा नम्बर ३ माथितुम गाउँलाई छाउपडि गोठ मुक्त वस्ति घोषणा गरिएको छ । मुगु जिल्लाको दोस्रो वस्तिको रुपमा माथितुम गाउँलाई छाउपडि गोठ मुक्त वस्ति घोषणा गरिएको हो । छुई हुदा पालना गर्नु पर्ने सम्पुर्ण सुचक अवलम्बन माथि तुम गाउँका महिलाहरुले पुरा गरेका छन । महिला महिनावारी हुदा बाहिर नवस्ने, छुट्टै कोठाको व्यवस्था र सरसरफाई गर्ने जस्ता सुचक महिलाले पुरा गरेका छन् ।
कुल ३६ घरघुरी रहेको उक्त गाउँका महिलाहरुले महिनावारीलाई प्राकृतिक प्रकृया मानेर स्विकार समेत गरिसकेका छन् । यस्तै आज सामुहिक रुपमा अवका दिनमा छुई नमान्ने प्रतिवद्धता समेत जनाएका छन् ।छाउपडि गोठ मुक्त वस्ति घोषणा कार्यक्रममा बोल्दै पुर्व शिक्षा राज्य मन्त्री हस्त बहादुर मल्लले अवका दिनमा मानसिक तथा समाजिक परिवर्तन रहेकोमा जोड दिए । उनले मध्य तथा सुदुर पश्चिमका जिल्लाका छाउपडि भन्दा पनि छाउपढि गोठबाट ग्रसित भएको बताए ।।जिल्ला समन्वय समिति मुगुका सह संयोजक कर्णशिला मल्लले महिनावारी मानसिकतामा आधारित समस्या भएको बताईन । महिलाले महिलालाई नै हिंसा गर्ने गरेको भन्दै पुरुषलाई दोष दिन उपयुक्त नभएको उनको भनाई छ ।
यस्ता सकारात्मक कार्यले आफुलाई खुसी बनाएको भन्दै सबैको साथ र सर्मथन आवश्यक रहेको धारणा व्यक्त गरिन । यस्तै छायानाथ रारा नगरपालिका उप प्रमुख सुन्तला रोकायले छाउपडि मुगु जिल्लाको प्रमुख समस्या भएको सुनाईन । महिलामाथि गरिने अनेक समाजिक बन्धन जस्तै छाउपढिले पनि महिलालाई नेतृत्वमा आउन बाधा गरिहेको धारणा उप प्रमुख रोकायाको रहेको छ । उक्त अवसरमा बोल्ने अधिकांश वक्ताहरुले यो प्रयास राम्रो भएको भन्दै सबैको सहकार्यमा जिल्लाभरमा फैलाउनु पर्नेमा जोड दिएका छन् ।
ग्रामिण क्षेत्रका महिलामा आएको परिवर्तनको परिणाम भएको बताएका हु्न । छायानाथ रारा नगरपालिका वडा नम्बर ३ माथितुम गाउँलाई वडा नम्बर ३ को आयोजना तथा हिरिसडेक मुगुको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । यस अघि मध्यपश्चिम कै पहिलो मुगुको शोभा गाउँलाई छाउपडि गोठ मुक्त बस्ति घोषणा गरिएको थियो ।
प्रतिकृया दिनुहोस्