३ माघ । पूर्व राजा ज्ञानेन्द्र शाहले सुर्खेतको प्रसिद्ध तिर्थस्थल देउतीबज्यैको दर्शन गरेका छन् । बुधवार विहान ११ बजे उनले मन्दिरमा पुजाअर्चना गरेका छन् । सयौंको संख्यामा मानिसहरु उनलाइ भेट्न मन्दिर बाहिर लामबद्ध भएका थिए ।
उनका समर्थकहरुले 'हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ' जस्ता नारा लगाई उनको जय जयकार गरेका थिए । उनले करिव १५ मिनेट पूजाआजा गरी फर्केका छन् । उनि बस्ने शुभ होटलमा समेत उनलाइ स्वागत गर्न मानिसहरुको घुइँचो थियो ।
पश्चिम नेपालको भ्रमणमा निस्किएका उनले सुर्खेतको पर्यटकीय स्थल बुलबुले र ऐतिहासिक स्थल काँक्रेविहारको समेत अवलोकन गरेका छन् । उनी आजै नेपालगंज प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
प्रतिकृया दिनुहोस्