३ माघ । सुर्खेत क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले भेरी बबई डाइभर्सन परियोजना सुर्खेती जनताको हितमा नभएको बताएका छन् । सेरोफेरोसंगको अन्तर्वार्तामा शाहीले उक्त परियोजनाबाट सुर्खेतका जनताले फाइदा लिन सक्ने कुरा धेरै छन् ।
तर हालको मोडालिटीमा यहाँका जनताले कुनै सेवा सुविधा नपाउने देखिन्छ । आयोजनाले सुर्खेती जनताको स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता विषयमा सामाजिक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको माग छ । शाहीले भने, सुर्खेतको घोरेटादेखि तातापानीसम्म बग्ने भेरी नदीको पानी डाइभर्सनबाट बर्दिया लैजाँदा उताको सिंचाई त हुने नै भयो तर यहाँका जनताको जनजीविकासंग यो परियोजना जोडिन सक्दैन ।
सुर्खेत जिल्लालाई विद्युतमा अग्राधिकार, परियोजनामा जनतालाई शेयर तथा यहाँका युवा जनशक्तिलाई रोजगारी दिनुपर्छ ।
भिडियो हेर्नुहोस्
प्रतिकृया दिनुहोस्