३ माघ । स्थानिय तहका सम्पुर्ण पदाधिकारी तथा कर्मचारीहरुका लागि दुइदिने स्थानिय सरकार कार्यसञ्चालन सम्वन्धी अभिमुखीकरण कार्यक्रम वीरेन्द्रनगरमा शुरु भएको छ । स्थानिय तहको निर्वाचन सकिएको सात महिना पछि उनिहरुको काम कर्तव्य र अधिकार तथा स्थानिय सरकार कसरी संचालन गर्ने विषयमा अभिमुखीकरणमा विज्ञहरु अरुण रेग्मी तथा विण्णु दक्त गौतमले प्रशिक्षण दिने छन् ।
चौकुने गाउँपालिकाको आयोजना युएस्एड साझेदारी परियोजनाको आर्थिक सहयोग तथा सुन्दर नेपाल संस्थाको सहजिकरणमा यो कार्यक्रम संचालन भएको हो । कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै जिल्ला समन्वय समितिको कार्यालयका जिल्ला समन्वय अधिकारी दुर्गा प्रसाद चालिसेले सिकाइ भनेको पढेर मात्र नहुने भन्दै देखेर, घुमेर र अनुभव आदानप्रदान गरेर पनि धेरै कुरा हाँसिल हुने भन्दै अभिमुखीकरणबाट धेरै दुविधाहरु अन्त्य हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलले नजानेर गरेको कामले भविष्यमा समस्या ल्याउने भन्दै काम गर्नुअधि जान्न र बुझ्न अति आवश्यक हुने बताए ।
कार्यक्रममा सुर्खेत क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य धुर्वकुमार शाहीले समाजमा भएको गरिवी, अशिक्षा र असमानतालाइ हटाउन तिन तहको सरकारले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा जोड दिए । शाहीले स्थानिय सरकारलाइ संविधानले नै धेरै अधिकारहरु प्रत्योजन गरेको भन्दै संविधानले दिएका अधिकारको प्रयोग गर्दा हचुवाको भरमा नभइ जानेर, बुझेर र सिकेर गर्नुपर्ने भन्दै सहि समयमा अभिमुखीकरणको आयोजना भएको बताए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले वीरेन्द्रनगरमा संचालित कार्यक्रममा सहभागी हुनै नहुने भन्ने विषयको पक्षमा आफु नभएको भन्दै जिवन सिकाइ भएकाले सवै परिवेशमा गइ सिक्न आवश्यक रहेको बताए । स्थानिय सरकार संचालन गर्न ऐन, नियम र प्रकृया जान्नुपर्ने भएकाले यो कार्यक्रम आयोजना गरिएको उनको जिकीर छ ।
शाहीले गाउँपालिकाले मोटरसाइकिल सेवा प्रवाह छिटो छरितो होस् भनि खरिद गरिएको र यस विषयलाइ अनावश्यक टिकाटिप्पणी गरिएको समेत गुनासो गरे । उनले प्रश्न गरे "अरु सवै तहले गाडि खारिद गरिसक्दा चौकुनेले अहिले सम्म गाडि नकिनेकोे कुरा किन बाहीर आएन ?" गाउँपालिकाका ५० प्रतिशत जनताहरु सामु यातायातको पहुँच नपुग्ने बेला सम्म हामी गाडि खरिद गर्देनौ यो हाम्रो प्रतिवद्धता हो शाहीले भने । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारी गरी ९० जनाको सहभागीता रहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत शरण बडुवालले बताए ।
चिङ्गाड गाउँपालिकाको अभिमुखीकरण पनि शुरु
यसैविच चिङ्गाड गाउँपालिकाको आयोजना, युएस्एड साझेदारी परियोजनाको आर्थिक सहयोग तथा समाज जागरण केन्द्र (स्याक नेपाल) को सहजिकरणमा दुइदिने अभिमुखीकरण कार्यक्रम समेत बुधवार देखी वीरेन्द्रनगरमा शुरु भएको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, अन्य पदाधिकारी र कर्मचारी सहित ४४ जनाको सहभागीता रहेको कार्यक्रम विहीबार सकिने प्रमुख प्रशासकिय अधिकृत टेकबहादुुर खत्रीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्