३ माघ । एमाले माओवादी केन्द्रले राष्ट्रियसभाका ४३ सिट बाँडफाँट गरेका छन् । जसमा एमालेले २९ र माओवादीले १४ सिट पाउनेछन् ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको कार्यदलको बैठकले भागवण्डा मिलाएको हो । यसलाई पार्टी एकता संयोजन समितिले अन्तिम टुंगो लगाउने कार्यदलका सुवासचन्द्र नेम्वाङले बताए ।
राष्ट्रिय सभाका ५६ सिटमध्ये १३ वटा सिटमा भने अन्य दलहरुसँग पनि तालमेलपछि निर्णय गरिने नेम्वाङले जानकारी दिएका छन् ।
कुन प्रदेशमा कति सिट ?
प्रदेश नम्बर १ मा एकल बहुमत रहेको एमालेले माओवादीलाई महिलातर्फ एक सिट दिएको छ । बाँकी ६ सिटमा एमालेका मात्रै उम्मेदवार हुनेछन् । ८ मध्ये २ सिट भने कांग्रेसले एकल संक्रमणीय मतका आधारमा जित्नेछ ।
प्रदेश नम्बर २ मा एमालेले खुला सदस्य र माओवादीले महिला सदस्यमा उम्मेदवारी दिनेछन् । तीन नम्बर प्रदेशमा एकल बहुमत रहेको एमालेले माओवादीलाई खुला सदस्य एक सिट दिएको छ । अरु ५ सिटमा एमालेका उम्मेदवार हुनेछन् । एक महिला र एक खुलामा कांग्रेसले जित्ने भएकाले भागबण्डा गरिएको छैन ।
प्रदेश नम्बर ४ मा एमालेले ४ र माओवादीले २ सिट बाँडेका छन् । एमालेले अपांग तथा अल्पसंख्यक सहित दुई खुला र १ महिला सिटमा उम्मेदवारी दिनेछ भने माओवादीले एक दलित सहित एक महिला सदस्यमा उम्मेदवारी दिनेछ ।
प्रदेश नम्बर ५ मा एमालेले अपांग तथा अल्पसंख्यक एक सहित ४ सिट पाएको छ भने माओवादीले दुई सिट पाएको छ । एमालेले २ खुला र एक महिलामा उम्मेदवारी दिनेछ । माओवादीले एक दलित र एक महिला सदस्यमा उम्मेदवारी दिनेछ ।
प्रदेश नम्बर ५ मा एमाले र माओवादीले आठै सिटमा उम्मेदवारी दिनेछन् । तीमध्ये ५ एमाले र ३ माओवादीले बाँडेका छन् । प्रदेश नम्बर ७ मा एमालेले ४ र माओवादीले २ सिट बाँडेका छन् । माओवदाीले एक खुला र एक आरक्षण सिटमा उम्मेदवारी दिनेछ ।
प्रतिकृया दिनुहोस्