३ माघ । अमरज्योति नमुना मावि नेवारे सुर्खेतले पूर्व प्रधानाध्यापक स्वर्गीय यामलाल कंडेलको सातौँ स्मुति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । बुधवार विद्यालययमा आयोजित स्मृति दिवसमा स्थापना गरिएका अक्षयकोषहरुबाट ६० जना विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको हो ।
कक्षा ६ देखि १२ कक्षासम्मका विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको विद्यालयले जनाएको छ । अमर ज्योति माविका शिक्षक कुमारबहादुर ढकालले स्वर्गीय कंडेलको व्यक्तित्व माथि प्रकाश पारेका थिए । कार्यक्रममा अध्यक्षकोष स्थापना गर्ने चार जनलाई सम्मान समेत गरिएकोे थियो ।
कार्यक्रम जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहको प्रमुख आतिथ्यतामा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम आचार्यको सभापतित्वमा भएको थियो ।
यसैविच कक्षा ११ र १२ मा अध्ययनरत स्वास्थ्य समुहका विद्यार्थीहरुले प्रशान्ति वृद्धआश्रममा चिसोतातो पानी आउने ११ हजार पाँचसय बरावरको फिल्टर सहयोग गरेका छन् । कार्यक्रममा स्वर्गीय कंडेकी पत्नी बालकुमारी कंडेलले प्रशान्ति वृद्धआश्रममा रहेका वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेकी छन् ।
प्रतिकृया दिनुहोस्