४ माघ । स्थानिय तहका सम्पुर्ण पदाधिकारी तथा कर्मचारीहरुका लागि आयोजना गरिएको दुइदिने स्थानिय सरकार कार्यसञ्चालन सम्वन्धी अभिमुखीकरण कार्यक्रम विहीवार सम्पन्न भएको छ । बुधवार देखि संचालन भएको अभिमुखीकरणमा विज्ञहरु अरुण रेग्मी तथा विण्णु दक्त गौतमले प्रशिक्षण दिएका थिए ।
चौकुने गाउँपालिकाको आयोजना युएस्एड साझेदारी परियोजनाको आर्थिक सहयोग तथा सुन्दर नेपाल संस्थाको सहजिकरणमा यो कार्यक्रम संचालन भएको थियो। कार्यक्रमको समापनमा बौल्दै गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले अभिमुखीकरण बाट जनप्रतिनिधिहरुमा देखिएका दुविधाहरु मेटिएका र यसको सकारात्मक असर सेवाप्रवाहमा देखिन प्रतिक्रिया दिए ।
यसैविच चिङ्गाड गाउँपालिकाको आयोजना युएस्एड साझेदारी परियोजनाको आर्थिक सहयोग तथा समाज जागरण केन्द्र (स्याक नेपाल) को सहजिकरणमा संचालित अभिमुखीकरणको समेत समापन गरिएको छ । दुइदिने उक्त कार्यक्रमलाइ समापन गर्दे गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले स्थानिय तहका जनप्रतिनिधिले आफुले सम्पादन गर्नुपर्ने काम बारे स्पष्ट भएको बताए ।
कार्यक्रममा चौकुने गाउँपालिकाबाट ९० र चिङ्गाड गाउँपालिकाबाट ४४ जनाको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस्