तस्बिरः रासस
५ माघ । निर्वाचन आयोगले प्रदेश सभाका समानुपातिकतर्फबाट निर्वाचित २२० सांसदलाई शुक्रबार प्रमाणपत्र प्रदान गरेको छ ।
मंसिर १० र २१ गते सम्पन्न प्रदेशसभा निर्वाचनको नतिजा आयोगले ढिलो गरी बुधबार सार्वजनिक गरेको हो । आन्तरिक कार्य सम्पन्न गरेतापनि प्रदेश प्रमुखको नियुक्ति नहुँदा आयोगले अन्तिम परिणाम सार्वजनिक गर्न ढिलो भएको बताउँदै आएको थियो ।
संविधान बमोजिम निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्छ । प्रदेश प्रमुखले निर्वाचन परिणाम प्राप्त गरेपछि सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
आज प्रमाणपत्र लिनेमा नेमकिपाकी २६ वर्षीया सृजना सैयजू सबैभन्दा कान्छी सदस्य हुन् भने कांग्रेसका ७९ वर्षीय बलदेब शर्मा पौडेल सबैभन्दा पाका सदस्य हुन् ।
आयोगका अनुसार प्रदेश सभाको समानुपातिकतर्फ ३ हजार ५ सय ६६ जना उम्मेद्वार बनेका थिए । जसबाट २ सय २० जना निर्वाचित भएका हुन् । प्रदेश सभा निर्वाचनमा भाग लिएका ४१ मध्ये १३ दलका उमेदवार मात्र निर्वाचित भएका छन् ।
प्रतिकृया दिनुहोस्