५ माघ । सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशस्तरीय महोत्सव हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा यही माघ २६ देखि फागुन ८ सम्म प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव २०७४ हुने भएको हो ।
करिब ५ सय स्टल रहने मेलामा स्थानीय उत्पादन, लघु उद्यमीलाई महत्व दिइनुका साथै पर्यटकीय स्थल तथा कला, संस्कृति, पहिरन तथा परिकार पनि मेलाको आकर्षण रहने आयोजकले जनाएको छ ।
करीब ३ लाख दर्शकले मोला अवलोकन गर्ने र १५ करोड बराबरको कारोबारा हुने अपेक्षा गरिएको छ । औद्योगिक उत्पादनलाई आम उपभोक्तासम्म पुर्याउन र स्थानीय स्तरको उत्पादनलाई बढवा दिन मेलाको आयोजना गएिको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ६ का अध्यक्ष पदमबहादुर शाहीले बताए ।
मेलाबाट भएको आम्दानीले महासंघको सचिवालय भवन निर्माण गरिने पनि उनले बताए । मेलामा विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति हुनुका साथै स्थानीय देउडा, भ्याउरे, लगायतका कोशेलीहरु पस्कने आयोजकले तयारी गरेको छ ।
प्रदेश अन्तर्गतका १० वटै जिल्ला तथा नगर उद्योग बाणिज्य संघहरुले मेलाको समन्वय गर्नेछन् ।
प्रतिकृया दिनुहोस्