५ माघ । स्थापना कालदेखिनै कला संस्कृतिको संरक्षण गर्दै आएको सिङ्गारो म्युजिक प्रालिले संस्कृतिको जगेर्ना गर्न गायन प्रतियोगिता गर्ने भएको छ । प्रालिले गर्न लागेको प्रदेश ६ स्तरीय गायन प्रतियोगिताको अडिसन माघ महिनाको अन्तिम बाट सम्बन्धित जिल्लामै हुने आयोजकले बताएको छ ।
‘प्रदेश ६ आईडल’ नाम दिइएको उक्त प्रतियोगितामा प्रत्येक जिल्लाका उत्कृष्ट पाँच जनालाई प्रदेश राजधानी सुर्खेतमा दोस्रो चरणको अडिसनका लागि ल्याईने छ । २०७४ चैत्र ३० गते एक भव्य कार्यक्रमका बीच फाईनल शो हुने कार्यक्रम संयोजक खगेन्द्र सुनारले बताए । उक्त शोमा नेपाल आईडलका कलाकार समेतको उपस्थिती हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख नगद पुरस्कार, मौलिक गित रेकर्डिङ्ग र अन्य अवसर दिइने छ । दोस्रोलाई २ लाख नगद र तेस्रोलाई १ लाख नगद पुरस्कार प्रदान गरिने र उत्कृष्ट गायकलाई नगद ५० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा भाग लिनको लागि माघ ७ गते आइतबारदेखि आवेदन खुल्ला गरिने भएको छ ।
प्रतिकृया दिनुहोस्