Birendranagar Municipality

वाल विकास केन्द्र सहयोगी कार्यकर्तालाई ५ हजार प्रोत्साहन भत्ता

शुभाकर विश्वकर्मा/मुगु

५ माघ । छायानाथ रारा नगरपालिकाले नगरपालिका क्षेत्रका प्रारभ्मिक वाल विकास केन्द्र सहयोगी कार्यकर्तालाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ ।

 

नगरपालिका क्षेत्रमा रहेका ३९ वटा वाल विकास केन्द्रका सहयोगि कार्यकतालाई प्रोत्सहन भत्ता उपलव्ध गराउने भएको हो । माघ १ गते देखी लागु हुने गरि प्रति ५ हजारका दरले नगरपालिकाले रकम उपलव्ध गराउने भएको मेयर हरिजंंग शाहिले बताए ।

 

भर्खरै बसेको नगरपालिकाको नगर वोर्ड बैठकको निर्णय अनुसार रकम उपलव्ध हुने उहाँको भनाई रहेको छ । साथै नगरपालिकाका सम्पुर्ण भौतिक, शैक्षिक अवस्था सुधार गर्ने उद्देश्य सहित दुई वटा नुमना बाल विकास केन्द्र पनि छनोट हुने भएका छन् । विगतमा ६ हजारका दरले मासिक तलब पाउदै आएका सहयोगी कार्यकर्ताहरुले स्थानिय तह बाट पनि प्रोत्साहन भर्ता पाउने भएका पछि खुसी भएका छन् ।

 

यस्तै विगत लामो समय देखी थोरै तलवमा काम गर्दै आएका नगरपालिकाले ५ हजार उपलव्ध गराउने भएपनि हर्सित भएका छन् । नगरपालिकाले आफुहरुको समस्या बुझि दिएकोमा उनीहरुले धन्यावाद समेत व्यक्त गरेका छन् । सहयोग कार्यकर्ता बालिकन्या भामले आफुलाई लामो समय सम्म गरेको परिश्रमको फल पाईएको भन्दै खुसी व्यक्त गरिन् । आफुहरुको जिम्मेवार पनि बढेको भान आफुलाई भएको भन्दै आगामी दिनमा सक्रिय भएर काम गर्ने प्रतिवद्धता व्यक्त भामले गरिन ।

 

गुरुनाथ प्राविकी सहयोगी कार्यकर्ता सरिता कर्कीले सबैको शैक्षिक योग्यताको आधारमा पनि रकम दिदा उपयुक्त हुने भन्दै नगरपालिकालाई धन्यावाद दिईन समाजमा आफुहरुलाई हेर्ने नजरमा परिवर्तन आउन नसकेको गुनासो पनि उनले भनिन् ।

 

छायानाथ रारा नगरपालिकाले नगर क्षेत्रका बाल विकास केन्द्रका सहयोगी कार्यकर्तालाई प्रोत्साहन भत्ता उपलव्ध गराउने निर्णय सकारात्मक रहेको सरोकारवालाले बताएका छन् । आज प्रोत्साहन भत्ता व्यवस्था तथा नमुना बाल विकास केन्द्र छनोट सम्वन्धि घोषणा कार्यक्रमका सहभागि जिल्लास्थित सरोकारवालाले यस्तो बताएका हुन् ।

 

लामो समय देखी न्युन पारिश्रमिकमा काम गरिरहेका उनीहरुलाई प्रोत्सहन उपलव्ध गराउने निर्णय सकारात्मक रहेको उनीहरुको प्रतिक्रिया रहेको छ । यस्तै नगर क्षेत्रका बालविकास केन्द्र लगाएताको अभिलेख पनि राखिने भएको छ । नगरपालिका क्षेत्रमा शैक्षिक गुणस्तरको आवशयकता रहेकोमा पनि जोड दिईएको छ ।

 

जिल्ला समन्वय अधिकारी बावुराम भुसालले नगरपालिको सृजनशिल काम प्रति खुसी व्यक्त गरे ।जिल्ला शिक्षा कार्यालय मुगु का निमित्त जिल्ला शिक्षा अधिकारी धन सुधन चौलागाईले विगत केन्द्र सरकारले बारम्बार प्रयास गरेको भएपनि सफल नभएको भन्दै स्थानिय तहको यस्तो कदमको सबैले सिको गर्नु पर्ने धारणा राखे चौलागाईले सहयोगी कार्यकर्ताहरुको पनि जिम्मेवारी थपिएको बताएका छन् ।

२०७४ माघ ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्