Birendranagar Municipality

प्रदेश सभाका सदस्यले आइतबार पद तथा गोपनीयताको शपथ लिने

सेरोफेरो

५ माघ । सातै प्रदेशका प्रदेशसभा सदस्यहरुको सपथ माघ ७ गते आइतबार हुने भएको छ । नवनियुक्त प्रदेश प्रमुखहरुले शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएलगत्तै उक्त कार्यक्रम तय गरिएको हो ।


प्रदेश प्रमुखहरुले आइतबार आआफ्नै प्रदेश राजधानीमा सपथ ग्रहण कार्यक्रम राखेका छन् । निर्वाचन आयोगले आइतबार ११ बजेसम्म सपथ गराइसक्न आग्रह गरेको छ । आयोगले सोही दिन राष्ट्रिय सभाका मतदाताको नामावली सार्वजनिक गर्ने कार्यक्रम छ ।

 

स्रोतका अनुसार निर्वाचन आयोगले राष्ट्रपति भवनमै पुगेर प्रदेश प्रमुखहरुलाई प्रदेशसभाको अन्तिम मतपरिणाम बुझाएको हो ।

२०७४ माघ ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्