Birendranagar Municipality

एमाले-माओवादी केन्द्र एकता संयोजन समिति बैठकका एजेण्डा तय

सेरोफेरो
एमाले-माओवादी केन्द्र एकता संयोजन समिति बैठकका एजेण्डा तय

६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डा तय गरेका छन् । शनिबार ओली निवास बालकोटमा भएको दुई शीर्ष नेताको छलफलबाट उक्त एजेण्डा तय गरिएको हो ।


संयोजन समितिको बैठक आइतबार ३ बजे बस्ने जनाइएको छ । भेटपछि संक्षित प्रतिक्रिया दिंदै प्रचण्डले भने, ‘बैठकका एजेण्डा र लिइने निर्णयबारे छलफल भएको छ ।’

 

भोलिको बैठकमा प्रदेश सरकार र राष्ट्रियसभा निर्वाचनबारे गृहकार्य गर्न बनेको कार्यदलले औपचारिक रुपमा प्रतिवेदन बुझाउनेछ । आवश्यक परे उक्त प्रतिवेदनमा सामान्य हेरफेर गरेर अघि बढ्न दुबै अध्यक्ष सहमत छन् ।

 

भोलिको बैठकमा वैचारिक राजनीतिक तथा संगठन र नेतृत्वबारे छलफल हुने पनि नेताहरुले बताएका छन् । पार्टीको नेतृत्वबारे भने कुनै ठोस सहमति भएको छैन ।

२०७४ माघ ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्