Birendranagar Municipality

सुर्खेतमा खुल्यो अर्को बृद्धाश्रम, अशक्त जेष्ठ नागरिकलाई सेवा दिने

सेरोफेरो/सुर्खेत
सुर्खेतमा खुल्यो अर्को बृद्धाश्रम, अशक्त जेष्ठ नागरिकलाई सेवा दिने

६ माघ । असाहाय अशक्त र जेष्ठ नागरिकहरुलाई पुर्स्थापनाका लागि काम गर्दै आएको नीलसागर बृद्धाश्रम बाँकेले सुर्खेतमा शाखा विस्तार गरेको छ । शनिबार सुर्खेतमा एक कार्यक्रमको आयोजना गरि उक्त शाखा विस्तार गरेको हो ।

 

शाखा सञ्चालनका लागि समाजसेवी जीवनकुमार शाक्यको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । शाखाको उपाध्यक्षमा पुष्पा कोइराला, सचिवमा राजेन्द्र विष्ट, कोषाध्यक्ष रमा आचार्य, सहकोषाध्यक्ष प्रभा रावत र सदस्यहरुमा कृष्णनाथ योगी, लिला गुरुङ्, गंगाराम आचार्य, कुलबहादुर ठाडा, खेमराज सापकोटा र प्रतिमा गौतम रहेका छन् । यसैगरी सल्लाहकार समितिको संयोजकमा गेहेन्द्रप्रसाद दाहाल र सदस्यहरुमा निर्मल पन्त र दिपा सापकोटा रहेका छन् ।

 

नीलसागरले सुर्खेतमा रहेको प्रशान्ति बृद्धाश्रम संग सहकार्य गरि अगाडि बढ्ने जनाइएको छ । संस्थाले विशेष गरी असहाय, असक्त जेष्ठ नागरिकहरुलाई उनीहरुकै घरमा पुर्स्थापना गर्ने नीति लिएको छ ।

 

नीलसागरले अहिले सम्म ३२ जनालाई उनीहरुकै परिवारमा गृह पुर्स्थापना गरेको, एकजना बृद्धको देवसान हुँदा हिन्दु परम्परानुसार क्रिया समेत गरिदिएको नीलसागरका उपाध्यक्ष नारायणबहादुर सुबेदीले बताए । हाल आश्रममा २६ जना आश्रित रहेक छन् ।

२०७४ माघ ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्