Birendranagar Municipality

देउडा जोगाउन सक्रिय भए मुगुका संचारकर्मी

शुभाकर विश्वकर्मा/मुगु
देउडा जोगाउन सक्रिय भए मुगुका संचारकर्मी

६ माघ । कर्णाली क्षेत्रकै प्रमुख सस्कृतिको रुपमा रहेको देउडा विस्तारै हराउदै गएको छ । प्रविधिको विकास संगै कर्णालीमा देउडा सस्कृति लोप हुन थालेको हो । यो सस्कृति पुराना पुस्तामा अहिले पनि जिवित अवस्थामा छ । भने युवा पूस्तामा भने आर्कषण कम देखिन्छ ।

 

बढ्दो आधुकिरण र प्रविधिको विकास युवा पुस्तामा वढि लोकप्रिय देखिएको छ । सामाजिक संजाल फेसवुक, टुईटर, ईस्टाग्राम र युटुव युवा पुस्ताका सारथी जस्तै भएका छन् । जसका कारणा कर्णालीका रैथाने सस्कृति ओझेलमा पर्ने सम्भावना बढ्दै गएको देखिन्छ । शुभ कार्य, विभिन्न प्रतियोगिता, धार्मिक कार्यमा यहाँ देउडा सस्कृति प्रचलित छ । तर अहिले पुरानो अवस्था रहेन ।

 

पहिला कर्णालीका जिल्लामा युवायुवतीहरु रातीको समयमा गोठ भित्र गएर माया पिरतीका कुरा गर्ने गर्दथे । त्यसैमा उनीहरुको विहे पनि हुन्थ्यो । अहिले युवा पूस्तामा प्रेम विवाह आकर्षण बनेको छ । जुम्ला जिल्लाका देउडा प्रेमी खडानन्द चौलागाईले मोवाईल र युटुवको तिव्र विकासको प्रत्यक्ष मार सस्कृतिमा परेको बताउनुहुन्छ । विषेश गरेर देउडा सस्कृतिको संरक्षण गर्न संचार माध्यम पनि कारक हुने चौलागाईको भनाई छ ।

 

देउडा प्रेमी मुगुका संचार कर्मी नवराज नेपालीले पुरानो पुस्ताले नयाँ पुस्तालाई देउडा प्रतिको चासोलाई बढाउन नसकेको बताए । घांस, दाउरा, वनपाखामा मन थकाउन भोक प्यास मेटाउन भएपनी देउडा गित गाउने प्रचलन भएपनी आधुनिकता संगै सबै लोभभएको मुगुका अर्का संचारकर्मी नन्द बहादुर रोकायले बताए ।

 

यता मुगु जिल्लाका सामुदायिक रेडियोका संचारकर्मीहरुले स्थानीय देउडा लाई जिवित राख्न लागि परेका छन् । उनीहरुले देउडा प्रतिको बुझाई र हेराई कसरी युवा पुस्तालाई चासोको बिषय बनाउन सकिने बताउछन् । मुगु जिल्लामा सामुदायिक रेडियोमा देउडा सम्बन्धि स्थानिय कार्यक्रम समेत उत्पादन हुन्छन् । १२ वज्या झल्का र झल्का उदारहण हुन् । ति कार्यक्रममा मुगु जिल्लामा रहेका देउडा प्रेमीहरुका संग कुरा कानी गर्ने, उनीहरुका अनुभव साटफेट र पुराना गित सुन्ने सुनाउने गरिरहेका छन् ।

 

यसै बिच सदरमुकाम गमगढी बजारमा जारी दोस्रो बखत बहादुर शाहि स्मृति खुल्ला देउडा प्रतियोगितामा मुगुका सञ्चारकर्मिले सहभागी जनाई तृतिय स्थान आउन सफल भएका छन ।

२०७४ माघ ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्