Birendranagar Municipality

जुनियर जेसिसलाई पदभार हस्तान्तरण

सेरोफेरो/सुर्खेत
जुनियर जेसिसलाई पदभार हस्तान्तरण

६ माघ । वीरेन्द्रनगर जुनियर जेसिसको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । जुनियर जेसिस २०१७ ले जुनियर जेशिस २०१८ लाई शनिबार एक कार्यक्रमको आयोजना गरी पद हस्तान्तरण गरेको हो ।

 

कार्यक्रममाम २०१७ का अध्यक्ष जगतराज भण्डारीले नवनिर्वाचित २०१८ का अध्यक्ष यज्ञ खत्रीलाई सपथ ग्रहण गराएका थिए । नयाँ कार्यसमितिको कार्यकारी उपाध्यक्षमा राम वि शाम र दुर्गा शर्मा, उपाध्यक्षहरु विवेक खनाल, मिना भण्डारी, विनोद आचार्य, र विनोद न्यौपाने चयन भएका छन् ।

 

नवनिर्वाचित अध्यक्ष खत्रीले आजै महासचिवमा विवेचना खनाल, कानुनी सल्लाहकारमा टिका प्रसाद ढकाल, कोाषाध्यक्षमा दिपक खड्का, सह सचिवमा एकता देवकोटा, शाखा सम्पादकमा खम्बु बोहरालाई मनोनित गरेका छन् ।

 

कार्यक्रममा वीरेन्द्रनगर जेसिस वर्ष २०१० का कार्यबाहक अध्यक्ष तथा विरेन्द्रनगर जुनियर जेसिसका माानार्थ सल्लाहकार देवेन्द्र सेजुवाल, विरेन्द्रनगर जेसिस वर्ष २०१८ का अध्यक्ष वितिहोत्र वशिष्ठ, वीरेन्द्रनगर जुनियर जेसिसका पुर्व राष्ट्रिय संयोजक हरिलाल खड्का, पुर्व अध्यक्ष मुना हमाल, राजकुमार सिजापति लगायतको सहभागिता रहेको थियो ।

२०७४ माघ ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्