७ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । आइतबार प्रदेश सभाका सदस्यहरुले सपथ लिएलगत्तै आयोगले आफ्नो निर्वाचन कार्यक्रम बमोजिम नामावली सार्वजनिक गरेको हो ।
राष्ट्रियसभा निर्वाचनका लागि रहने निर्वाचक मण्डलमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहनेछन् । निर्वाचक मण्डलमा २,०५६ जना रहेका छन् । जसमा स्थानीय तहका ७१८ महिला र ७८८ पुरुष तथा प्रदेश सभाका १८९ महिला र ३६१ पुरुष छन् ।
आयोगले प्रदेश अनुसार अलग अलग मतदाता नामावली सार्वजनिक गरेको छ । जसले सम्बन्धित प्रदेशबाट ८/८ जना सदस्य निर्वाचित गर्नेछन् ।
प्रतिकृया दिनुहोस्