८ माघ । आफ्नो कार्यकाल भित्र सिम्ता गाउँपालिकाका जनताको आय स्तरमा बृद्धि गर्ने अध्यक्ष कविन्द्रकुमार केसीले बताएका छन् । यस क्षेत्रमा रहेका सम्भावनाका क्षेत्रहरुको प्रयोग र परिचालनवाट समृद्ध गाउँपालिका र समृद्ध सिम्ताली बनाउने प्रतिवद्धता जनाएका हुन् ।
उनले संविधानले दिएका अधिकारहरको सहि प्रयोग मार्फत जनताको आर्थिक, सामाजिक र शैक्षिक अवस्थामा सुधार ल्याउने बताए । यस क्षेत्रको सम्भावित पर्यटकीय स्थलको विकास र प्रवद्र्धन गरि युवाहरुको रोजगारी अभिवृद्धि गर्ने समेत योजना रहेको उनको भनाइ छ ।
प्रदेश नम्वर ६ स्तरीय गाउँपालिका महासंघका संयोजक समेत रहेका केसीले सवै गाउँपालिकाहरुमा समेत विधिको शासन स्थापना हुनुपर्नेमा जोड दिए । संविधानले दिएका अधिकारलाइ नजानिदो ढङ्गबाट खोस्ने कार्यका विरुद्ध दवाव समुहका रुपमा महासंघले काम गर्ने बताए । उनले यहि माघ ९, १० र ११ मा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष विच प्रदेश स्तरीय भेलाको समेत आयोजना गरिएको समेत जनाए ।
अन्तरवार्ता हेर्नुहोस्
प्रतिकृया दिनुहोस्