२२ बैशाख, काठमाडौं– सर्वोच्च अदालतले प्रधान न्यायाधीश सुशीला कार्कीलाई पूर्ववत् अवस्थामा काममा फर्कउन आदेश दिएको छ । न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले सरकार र संसदको नाममा उक्त अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्ता सुनिल रञ्जन सिंहले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश राणाले कार्कीलाई आजैका मितिदेखि पूर्ववत् अवस्थामा काममा फर्कन आदेश दिएको हो ।
कार्कीविरुद्धको महाअभियोग शक्ति पृथकीकरणको सिद्धान्त विपरीत सरकारको स्वेच्छाचारी कदम भएको भन्दै देशभित्र र बाहिर विरोधका कार्यक्रमहरु ग्रिएका थिए ।
कार्यपालिकाको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरेको आरोपसहित सरकारले बैशाख १७ गते कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएको थियो ।
आजै संसदमा छलफलका लागि प्रस्तुत गर्न लागिएको महाअभियोग प्रस्ताव विपक्षी दलको विरोधपश्चात् संसद बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
प्रतिकृया दिनुहोस्