Birendranagar Municipality

राष्ट्रिय सभा सदस्य उम्मेदवार चयन गर्न माओवादीले तीन नेतालाइ जिम्मा दियो

सेरोफेरो
राष्ट्रिय सभा सदस्य उम्मेदवार चयन गर्न माओवादीले तीन नेतालाइ जिम्मा दियो

८ माघ । राष्ट्रिय सभा सदस्य उम्मेदवार चयन गर्न बसेको माओवादी केन्द्रका शीष नेता एवं प्रदेश इन्चार्जहरुको बैठकबाट तीन नेतालाइ चयनको लागी जिम्मा दिएको छ ।

 

प्रदेशबाट २१ जनाको नाम सिफारिश भएर आएका कारण सोमबार उम्मेदवार चयन गर्न बसेको बैठकले टुङ्गो लगाउन नसकेको हो । माओवादीले एमालेसँगको सहकार्यमा राष्ट्रिय सभाका लागि १४ उम्मेवदवार पाएको छ । राष्ट्रिय सभामा केही विज्ञलाई समेत पठाउने तयारी रहेका कारण उम्मेदवार चयन ढिलाई हुन पुगेको माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

 

सोमबार बसेको बैठकले उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ तथा रामबहादुर थापालाई दिइएको छ । मंगलबार बस्ने तीन नेताको बैठकले उम्मेदवार चयन गर्ने अपेक्षा गरिएको छ ।

 

। माघ १५ मा राष्ट्रिय सभा निर्वाचन गर्ने निर्वाचन आयोगको तयारी छ । आयोगले १० गतेभित्र उम्मेदवार टुंगो लगाउन दलहरुलाई समय सीमा तोकेको छ ।

२०७४ माघ ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्