Birendranagar Municipality

प्रदेश ६ का गाउँपालिकाको भेला वीरेन्द्रनगरमा शुरु

सिता वली/सुर्खेत
प्रदेश ६ का गाउँपालिकाको भेला वीरेन्द्रनगरमा शुरु

९ माघ । स्थानीय सरकारका लागि आवश्यक कानुन निर्माणका लागि ६ नम्वर प्रदेश स्तरिय कार्यशाला गोष्ठी वीरेन्द्रनगरमा शुरु भएको छ । गाउँपालिका महासंघको आयोजनामा ३ दिने गोष्ठी सञ्चालन गरिएको हो । नेपालमै पहिलो यो भेला हेर्दा लाग्छ प्रदेश ६ का गाउँपालिकाहरुमा कानुन सिक्ने र निर्माण गर्ने होडबाजि चलेको छ ।

 

बारकोट गाउँपालिका जाजरकोटकी उपाध्यक्ष ओमा शाहीलाई पनि कानुनी अन्यौलता हटाउनका लागी कानुन निर्माण गरि कार्यान्वयनमा ल्याउनु छ । गाउँपालिकाको गतिलो कानुन नहुँदा सबैलाई अप्ठ्यारो परेको छ । डोल्पो बुद्धा गाउँपालिका डोल्पाका अध्यक्ष तेम्बा गुरुङ् पनि कानुनको अभावका कारण काम गर्न असजिलो भएकोले केहि सिक्ने आशा बोकेर विरेन्द्रनगर झरेको बताउंछन् ।

 

स्थानिय सरकार सञ्चालनका लागि आवश्यक कानुन निर्माण गरि जनतालाई भरपुर सेवा दिन र संवैधानीक रुपमा प्राप्त अधिकारहरुको भरपुर प्रयोग गर्न समेत कानुन निर्माण आवश्यक रहेको गाउँपालिका महासंघ प्रदेश नम्वर ६ तदर्थ समितिका संयोजक कविन्द्रकुमार केसी बताउछन् ।

 

उद्घाटन समारोहमा बोल्दै प्रदेश सभा सदस्य यामलाल कँडेलले देश संघियतामा गएपनि शासकहरुको मानसिकता केन्द्रिय नै भएको तर्क गर्छन् । स्थानिय तहका कर्मचारीले पनि सिंहदरबारको अधिकार घरघरमा भन्दै हिंडेपनि अंझै व्यवहारिकतामा नगएको उनले बताए ।


कार्यक्रममा बोल्दै जेष्ठ सांसद हिम बहादुर शाहिले रोग भोग र पिडामा रहेको प्रदेश ६ लाई नमुना प्रदेश बनाउनको लागी सबै एकजुट भएर लाग्नुपर्ने बताए । प्रदेश नम्वर ६ का ५४ गाउँपालिका प्रमुख तथा उपाध्यक्ष  गरी १ सय ३ जनाको सहभागीता रहेको प्रदेश संयोजक केसीले सेरोफेरोलाइ बताए ।

२०७४ माघ ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्