Birendranagar Municipality

मुगुका ३५ वडा सचिव विहिन

शुभाकर विश्वकर्मा/मुगु

१० माघ । मुगु जिल्लाका ३५ वडा अहिले पनि सचिव विहिन अवस्थामा रहेका छन् । स्थानिय तह संचालनमा आएको करिव ८ महिना पुग्दा समेत अझै स्थानिय तह सचिव विहिन भएका हुन् । मुगु जिल्लाका चार वटा स्थानिय तहका वडाहरुमा अझै वडा सचिव पुग्न सकेका छैनन् । चार वटा स्थानिय तहका ४५ वडा मध्य १० वडामा मात्र सचिव छन् । वडामा सचिव नहुदा अत्यावश्यक काम गर्न स्थानियलाई बाधा पुगेको छ । नागरिकताको सिफारिस, जन्मदर्ता, मृत्युदर्ता विवाह दर्ता र राजस्व तिर्ने लगायातका अत्यावसेक काम गर्न स्थानियले सचिव खोज्न भौतारिनु पर्ने बाध्यता रहेको छ ।

 

एक जना सचिवले २ देखी चार वडा धान्नु पर्ने बाध्यता रहेको सचिवहरु बताउछन् । खत्याड गाउपालिका, सोरु गाउपालिका, मुगुम कार्मारोङ्ग गाउँपालिका र छायानाथ रारा नगरपालिकामा अधिकांश वडामा सचिव विहिन छन् । मुगुम कार्मारोङ्ग गाउँपालिकाका ९ वटा वडा मध्य ३ वटा र छायानाथ रारा नगरपालिकाका १४ वटा वडा मध्य ३ मात्र सचिव छन् । भने सोरु गाउपालिकाका ११ वटा वडामा मध्य ५ वटा वडामा र खत्याड गाउँपालिकाका ११ वडा मध्य ३ वटा वडामा मात्र सचिव रहेका छन् ।

 

१० जना मात्र वडा सविचको भरमा चार वटै स्थानिय तह संचालन भईरहेका छन् । वडा कार्यालयमा सेवा लिन जाँदा कार्यालय बन्द हुन्छन् । कोहि गाउँपालिकाका वडा कार्यालय सदरमुकामा खोलिएका छन् । सदरमुकाममा सेवा लिन आउदा आफुलाई सिंह दरवार गाउँगाउँमा आएको भनिए पनि अहिले सम्म अनुभुति नभएको स्थानियले गुनासो उनीहरुको छ ।

 

छायानाथ रारा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष डम्बर रावलले आफ्नो वडामा समेत वडा सचिव विहिन भएको बताए । उनले स्थानिय तह संचालन सम्बन्धि कार्याविधि र नियामावली स्पष्ट नहुँदा समस्या भएको बताए ।

२०७४ माघ १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्