Birendranagar Municipality

जुम्ला सहित कर्णालीका उच्च भागमा हिमपात

शुभाकर विश्वकर्मा/ मुगु
जुम्ला सहित कर्णालीका उच्च भागमा हिमपात

१० माघ । कर्णाली क्षेत्रको उच्च भागमा हिमपात भएको छ । यस पटक जुम्लामा पहिलो पटक हिमापात हुँदा स्थायिन बासीहरु खुसी भएको छन् । गत वर्षहरुमा पौष महिनामा नै भारी हिमपात हुने कर्णालीमा यस पटक माघको दोस्रो साता हिमापात भएको हो । मंगलबार साँझ एक्कासी मौसममा बदली भए संगै जुम्लामा यो वर्ष पहिलो पटक हिमापात हुदा कृषक खुसी भएका छन् । हिमपात भएसंगै स्थानिय तथा कृषकहरु खुसी भएका हुन् ।

 

खडेरी गर्दा हिउदे वाली उत्पादनमा खडेरी नै आउने आशंका गरिएको थियो । अव भने स्याउ, गौ, जहु लगायतका वाली नाली सप्रिने स्थायिन बासीको भनाइ छ । जिल्ला कृषी विकास कार्यालय जुम्लाले कृषकहरुलाई थोरै भएपनि हिउको पानी हिउ पोखरीमा जम्मा आग्रह गरेको छ । कहिले हिउ पर्ला भनेर प्रतिक्षामा बसेका जुम्ला बासी अहिले हिउमा रमाईलो गरिरहेको सामाजिक संजालमा देख्न सकिन्छ । संचारकर्मी समेत जुम्लाका स्थानिय सागर परियारले हिउ परेसंगै कृषि गरेर जीवन निर्वाह गर्नेलाई सहज भएको बताए ।

 

२ दशक अघि ७ फिट सम्म हिउ पर्ने कर्णालीमा अहिले जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिन थालेको छ । यस्तै कर्णालीका अन्य जिल्ला डोल्पा, हुम्लाका पनि उच्च भु भागमा हिमपात भएको छ । हिंउ परेसगै चीन संग नाका जोडिएको हुम्लाको हिल्सा नाका आगामी चैत सम्म बन्द गरिएको छ । कर्णालीका अन्य जिल्लाहरु मुगु र कालिकोटमा मौषम बदली भएको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुुसार जुम्लाको सदरमुकाम क्षेत्रमा १ फिट सम्म हिउ हिउ परेको हुन सक्ने बताईएको छ ।

२०७४ माघ १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्