१० माघ । हुम्ला जिल्लाका सात वटा गाउँपालिका मध्य सिमकोट गाउँपालिकाले पहिलो पटक डिजिटल प्रविधि जडान गरेको छ । गाउँपालिकाले आफ्नो वेइवसाइट, वाइम्याक्सबाट इन्टरनेट सेवा, इ—हाजिरी र डिजिटल नागरिक वडा पत्र आजबाट सार्वजनिक गरेको हो ।
गाउँपालिकाका जनताहरुलाई प्रविधि मैत्री तरिकाले सेवालाई सहज रुपमा प्रदान गर्न यो सेवा लागु गरिएको गाउँपालिकाले जनाएको छ । डिजिटल प्रविधिको सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्कोटाले २१औं शताव्दीमा इमेल इन्टरनेटको प्रयोग मार्फत पारदर्शीता, जवाफदेहीता र जिम्मेवारीपनका साथ सेवा प्रवाह गर्नुपर्ने बताए ।
कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले जनता लाई सेवा प्रदान गर्दा पारदर्शिता, गुणस्तरीयता र प्रभावकारीतामा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा सिमकोट गाउँ पालिका उपाध्यक्ष वली रावतले इ-हाजिरीले काममा हेलचक्राइ गर्ने कर्मचारीलाई काम प्रति बफादार वनाउन सहयोग पुर्याउने बताइन् ।
यो प्रविधिलाइ निरन्तरता दिइ जनतालाइ छिटो छरितो सेवा दिन गाउँपालिका सचेत र जिम्मेवार भएर लाग्ने प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले सेरोफेरोलाइ बताए । हाललाई वेइवसाइटमा गाउँ पालिकाको नीति तथा कार्यक्रम र बजेट मात्र सार्वजनिक गरिएको र चाँडै सिमकोट गाउँ पालिकाको सवै तथ्याङ्गकहरु समेत अद्यावधीक गरिने दर्जीले बताए ।
प्रतिकृया दिनुहोस्