Birendranagar Municipality

तोश्रा माविको ४६औं वार्षिक उत्सव सम्पन्न : वन विज्ञान क्याम्पस जरुरी

सेरोफेरो

१० माघ । जनजागृत माध्यामिक विद्यालय तोश्राको ४६ औ वार्षिक उत्सव माननीय सासद नवराज रावतले एक समारोहका विच आज बुधवार क्याम्पस बनाउने दृढता ब्यक्त गर्दै वार्षिक उत्सवको उद्घाटन गरेका छन । कार्यक्रममा विद्यालयले गरेका वार्षिक गतिविधि, बजेट, तथा विद्यार्थीका क्रियाकलापको प्रर्दशनी गरिएको छ । विद्यालयले गरेका गतिविधिको लिखित प्रतिवेदन प्रधानाध्यापक दीपेन्द्रप्रसाद शर्माले जानकारी गरायका थिए ।

 

सो अवसरमा विद्यालयले प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरुलाइ स्वागत समेत गरेको हो । सो अवसरमा गाउँपालिकाले विनियोजन गरेको २५ लाखबाट निर्मित आठ कोठे भवनको प्रतिनिधि सभा सदस्य नवराज रावत, प्रदेश सभा सदस्य विन्दमान विष्ट, पुष्षा घर्तिले संयुक्त रुपमा सिलन्यास समेत गरेका छन् ।


कार्यक्रममा माननीय विन्दमान विष्ट, पुष्पा घर्ति, स्थानीय विकास अधिकारी दुर्गा चालिसे, शिक्षा समितिको सदस्य डण्डीप्रसाद शर्मा, शिक्षक महासंघ केन्द्रिय सचिव धनसिह खडका, एमाले सचिव मोहनसिह वडुवाल, माओवादी केन्द्र चौकुने अध्यक्ष खडक विवस वास्पाने, वन विज्ञान क्याम्पसका अध्यक्ष, हरिप्रसाद अधिकारी, शिक्षक अभिभावक मान ब दानी, अमर दानी, नयाराम वयक, श्रोतब्यक्ति भानुभक्त घिमिरे, गाउँ पालिका प्रशासकिय अधिकृत शरण वडुवाल लगायतले भनाइ राखेका थिए । कार्यक्रमको अध्यक्षता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिश्चन्द्र थापाको अध्यक्षतामा भएको हो ।

२०७४ माघ १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्