१० माघ । पूर्ण सरसफाइको दिगो व्यवस्थापनका लागी प्रदेश नम्वर ६ का उद्योग बाणिज्य संघहरुले काम गर्ने भएका छन् । एस एन भी नेपाल अन्तर्गत सवैका लागि दिगो सरसफाइ तथा स्वच्छता परियोजनाको आयोजनामा नेपालगंञ्जमा आयोजित कार्यशाला गोष्ठिमा उनिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
पूर्ण सरसफाइको दिगो प्रवद्र्धन तथा सरसफाइ तथा स्वच्छताका सामाग्रीहरुको बजारीकरण सम्बन्धी गोष्ठीमा विभिन्न जिल्लाका उद्योग बाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरुले यस्तो बताएका हुन् ।
साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत मुगु र बाँके जिल्ला खुला दिसा मुक्त क्षेत्र घोषणाको अन्तिम चरणमा भएको अवस्थामा पूर्ण सरसफाइको पहुँच गाउँ गाउँमा पुर्याउनको लागि उद्योग बाणिज्य क्षेत्रको अहम भुमीका रहने भएकाले यो कार्यक्रमको आयोजना गरिएको एस एन भिका वास सल्लाहकार लेक विक्रम शाहले जानकारी दिए ।
अपाङ्गता भएका व्यक्तिहरुलाइ सरसफाइमा कसरी पहुँच बृद्धि गर्न सकिन्छ भन्ने बारेमा जानकारी प्राप्त गरेको कालिकोट उद्योग बाणिज्य संघका अध्यक्ष सुर्यबहादुर शाहीले बताए । जुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष रामदत्त रावलले सवैको र सधैको लागी सरसफाइको पहुँच अभिवृद्धिमा निजिक्षेत्र लागीरहेको र आगामी दिनमा समेत लाग्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमको सहजिकरण एस एन भि नेपालका बजार विकास सल्लाहकार (वास) कैलाश शर्मा तथा वास सल्लाहकार मुनबहादुर खड्काले गरेको थिए ।
प्रतिकृया दिनुहोस्