Birendranagar Municipality

प्रदेश ६ बाट राष्ट्रिय सभा सदस्यका लागी तीनदलको मनोनयन दर्ता

सिता वली/सुर्खेत
प्रदेश ६ बाट राष्ट्रिय सभा सदस्यका लागी तीनदलको मनोनयन दर्ता

१० माघ । आगामी माघ २४ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनका लागी प्रदेश नं ६ बाट नेकपा एमाले सहित शिर्ष तिनदलले मनोनयन दर्ता गरेका छन् । बुधबार सबै दलले जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा रहेको प्रदेश नं ६ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आ–आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

 

नेकपा एमालेबाट ५ जना, नेकपा माओवादी केन्द्र बाट ३ जना र नेपाली कांग्रेसबाट ४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमाले बाट नन्दा शर्मा चपाई (महिला) सुर्खेत , नरपति लोहार (दलित) कालिकोट, कविता बोगटी (महिला) हुम्ला, भैरवसुन्दर श्रेष्ठ (खुल्ला) जाजरकोट र ठकेन्द्र प्रकाश पुरी (खुल्ला) पश्चिम रुकुम का रहेका छन् ।

 

त्यस्तै नेकपा माओवादी केन्द्रबाट कालीबहादुर मल्ल (खुल्ला) जाजरकोट, जिवनबहादुर बुढा (अपाङ्ग) कालीकोट र युटोल तामाङ्ग (महिला) मुगु रहेका छन् । नेपाली कांग्रेस मा गोपालप्रसाद शर्मा पश्चिम (अपाङ्ग) रुकुम , बिष्णुबहादुर शाहि (अन्य) कालिकोट, सुर्यदेवि मल्ल (महिला) मुगु र मीत्रलाल सार्की (दलित) सल्यानबाट रहेका छन् ।

 

निर्वाचनमा प्रदेश नं ६ का गाउँपालिकाका अध्यक्ष, उपाअध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ सय ५८ जना तथा प्रदेशसभाका प्रत्यक्ष र समानुपातिकका ४० सदस्य गरी कुल १ सय ९८ जनाले मतदान गर्न पाउने निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले बताएका छन् ।


प्रदेश नं ६ बाट राष्ट्रिय सभाका लागी ८ जना निर्वाचित हुनेछन् । जसमध्ये ३ जना खुल्ला, ३ जना महिला, १ जना अल्पसंङ्ख्यक र १ जना दलित निर्वाचित हुनेछन् ।

२०७४ माघ १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्