Birendranagar Municipality

काँग्रेस सुर्खेतको चुनावी घोषणा पत्र जारी

२२ बैशाख, सुर्खेत- नेपाली काँग्रेस सुर्खेतले स्थानिय तह निर्वाचन २०७४ लाइ लक्षित गरि घोषणा पत्र सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका विच उक्त चुनावी घोषणापत्र जारी गरेको हो ।

घोषणा पत्रमा काँग्रेसले नौ वटा विशेष योजना समेटेको छ । जसमा गाउँ र नगरमा खाद्य संस्थान स्थापना गर्ने, सुकुम्वासीहरुलाइ जग्गाको व्यवस्थापन र आवास निर्माण गर्ने, रासन कार्ड लागु गर्ने, आकस्मीक उपचार कोषको व्यवस्था गर्ने, विपन्नलाइ विद्युत र पानी महसुलमा अनुदान दिने,

सामाजिक सुरक्षा भत्ता घर घरमा उपलब्ध गराउने, असाहय बालवालीकाहरुको लागि शिक्षा कोष स्थापना गर्ने, स्थानिय करलाइ सम्वन्धीत क्षेत्रको विकासमा प्राथमिकता दिने र एक घर एक रोजगारी व्यवस्था गर्ने योजनाहरु अगाडि सारेको छ ।

साथै नेपाली काँग्रेस वीरेन्द्रनगर समितिले २३ बुँदे संकल्पपत्र पनि सार्वजनिक गरेको छ ।   

काँग्रेस सुर्खेतको घोषणापत्र विस्तृतमा :

Decleration of Nepali Congress Surkhet

 

२०७४ बैशाख २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्