११ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन्। धुम्बाराही स्थित पार्टीको केन्द्रीय कार्यालयमा ओलीको पत्रकार सम्मेलन हुने पार्टी सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
शेरबहादुर देउवा नेतृत्वको काम चलाउ सरकारले दीर्घकालीन प्रभाव पर्ने निर्णय धमाधम गर्न थालेपछि भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन्। सरकारले बुधबार मात्रै ६५ वर्षको उमेरमा बृद्धभत्ता उपलब्ध गराउने, भुकम्प पीडितलाई थप एक लाख रुपयाँ अनुदान दिने निर्णय गरेको छ।
काम चलाउ भएको अवस्थामा सरकारले दजनौं नियुक्त गरिरहेको छ। देउवा सरकारको निर्णयले राज्यकोषमा अर्बौ व्ययभार थपिनेछ।
प्रतिकृया दिनुहोस्