Birendranagar Municipality

अब ६५ बर्षमै वृद्धभत्ता

सेरोफेरो
अब ६५ बर्षमै वृद्धभत्ता

११ माघ । अब ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकले वृद्धभत्ता पाउने भएका छन्। सञ्चारमन्त्री मोहन बहादुर बस्नेतका अनुसार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६५ वर्षमा झारेको हो ।


शेरबहादुर देउवा नेतृत्वको सरकारले लोकप्रियताका लागि गरेको यो निर्णयले राज्यकोषमा करोडौं व्ययभार थपिने बताइएको छ। अर्थ मन्त्रालयका अनुसार हाल सामाजिक सुरक्षा भत्तामा वार्षिक ३६ अर्ब रुपैयाँ खर्च हुँदै आएको छ।

 

यसअघि ७० वर्ष पुगेका वृद्धवृद्धा एकल महिला, अपांगलगायतले मासिक २ हजार र दसैं खर्चसमेत वार्षिक २६ हजार रुपैयाँ बुझ्दै आएका थिए। सामाजिक सुरक्षा भत्ताको व्यवस्थाको शुरुवात तत्कालीन मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारले ०५१ सालमा गरेको थियो।

२०७४ माघ ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्