Birendranagar Municipality

'मझेरी बाट हेर्दा कर्णाली' पुस्तकको विमोचन

शुभाकर विश्वकर्मा/मुगु
'मझेरी बाट हेर्दा कर्णाली' पुस्तकको विमोचन

११ माघ । साहित्यकार खडानन्द चौलागाइको मझेरीबाट हेर्दा कर्णाली विमोचन गरिएको छ । जुम्लाका साहित्यकार चौलागाईको यो तेस्रो पुस्तक हो । पुस्तकको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादि काठमाडौमा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा जिवेन्द्रदेव गिरीले गर्नु भएको हो ।

 

पुस्तकमा कर्णालीको सास्कृतिक, प्राकृतिक, भौगोलिक, ऐतिहासक, भाषिक, शैक्षिक र साहित्यिक विषयवस्तु समेटिएको लेखक चौलागाईले सेरोफेरो लाई टेलिफोनमा जानकारी दिए । चौलागाईका अनुसार पुस्तकको उठान अहिले पनि राज्यको सौतेनी व्यावहार खेपिरहेको कर्णालीको एक विकट व्यक्तिले २०३५ सालमा तुमाखु लगाएर कर्णालीमा समृद्धि सम्भव छ पुष्टि गरेको प्रसंगबाट उक्त पुस्तकको उठान गरिएको बताए ।

 

शैक्षिक क्षेत्रका सरकारी जागिरे समेत रहेका साहित्कार चौलागाई तातोपानी गाउँपालिका ५ का स्थाई वासिन्दा हुन । उनले यसअघि कर्णालीको परिचय र कर्णाली निवन्ध संग्रह प्रकाशन गरिसकेका छन् ।

 

विमोचन समारोहमा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गिरी सहित सस्कृतिविद डा. जगमान गुरुङ्ग, विज्ञ डा. सुरेन्द्र केसी कर्णाली मामिलाका विज्ञ डा. नन्द बहादुर सिंह र कर्णालीका वरिष्ठ पत्रकार प्रेम कैदी र लोक देउडा गायक नन्दकृष्ण जोशीको समेत सहभागिता रहेको थियो । लेखक चौलागाई जिल्ला शिक्षा कार्यालय जुम्लामा विद्यालय निरिक्षकका रुपमा कार्यरत छन् ।

२०७४ माघ ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्