११ माघ । जिल्लाका ३५ सरकारी कार्यालयहरु मध्य हिउँद लागे संगै २२ वटा सरकारी कार्यालयहरु प्रमुख बिहीन बनेका छन् । चिसो छल्न जिल्ला छाडेका कार्यालय प्रमुखहरु माघको दोस्रो साता सम्म जिल्ला नफर्कदा सरकारी कार्यालयहरु प्रमुख विहिन भएका हुन ।
हिउँद लागे सँगै कार्यालयहरु प्रमुख विहीन भएका हुन् । प्रमुख बिहीन सरकारी कार्यालयहरु मा जिल्ला निर्वाचन, कोष तथा लेखा नियन्त्रण कार्यालय, यारी भान्सार कार्यालय, सिचाइ सव डिभिजन कार्यालय, सिमकोट नागरीक उड्यन प्राधिकरण, धरेलु उद्योग विकास समिति, खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला कृषि विकास कार्यालय प्रमुखहरु रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्कोटाले जानकारी दिए ।
त्यसै गरी कृषि विकास वैंक, सिमको हिल्सा सडक आयोजना, महिला तथा वालवालीकाको कार्यालय, हिल्दुम विद्युत वितरण केन्द्र, नापी, जिल्ला हुलाक कार्यालय, जिल्ला समन्वय समिति, सरकारी वकिल कार्यालय, कारागार शाखा, जिल्ला मालपोत कार्यालय, हुम्ला जिल्ला अदालतका प्रमुख समेत हाल सम्म चिसो छल्दै जिल्ला बाहिर बसेका छन् । कार्यालय प्रमुखहरु जिल्ला बाहिर रहँदा खरिदार तथा कार्यालय सहयोगीको भरमा कार्यालयहरु सञ्चालन भएको साथै यसले सेवा प्रवाहमा समस्या परेको समेत प्रजिअ बास्कोटाले सेरोफेरोलाइ बताए ।
हिमाली जिल्लाका कर्मचारीहरु हिउँद लागेसंगै चिसो छल्न जिल्ला छोड्ने गर्दछन् । जिल्लामा चिसो बढे सँगै यस जिल्लाका सरकारी कार्यालयहरु सुन सान देखिन्छन् ।
प्रतिकृया दिनुहोस्