Birendranagar Municipality

डा. सन्दुक रुइतलाई भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार

सेरोफेरो
डा. सन्दुक रुइतलाई भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार

१२ माघ । नेपालका बरिष्ठ आँखा चिकित्सक डा. सन्दुक रूइतलाई भारत सरकारले प्रतिष्ठित पद्मश्री पुरस्कारद्वारा सम्मान गरेको छ। भारतले गणतन्त्र दिवसको अवसरमा बिहिबार रूइतलाई उक्त पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो।

 

सस्तो मूल्यमा मोतिविन्दूको शल्यक्रिया गरी उनले एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेको भन्दै भारत सरकारले रूइतलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो।

 

अष्ट्रेलियामा अध्ययन गरेर नेपाल फर्किएका डा. रुइतले अन्धोपन हटाउन सस्तो प्रविधिको लेन्स र शल्यचिकित्सा प्रविधिको आविस्कार गरेका थिए। उनले विकास गरेको प्रविधिले मोतिविन्दुको शल्यक्रियाको शुल्क ९० प्रतिशतसम्मले कम भएको छ भने ३० भन्दा बढी देशहरूमा यसको प्रयोग भइरहेको छ।

२०७४ माघ १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्