१२ माघ । प्रदेश नम्बर ६ लाई समृद्ध गराउन मुगुसंग सम्भावना रहेको प्रतिनिधि सभा सदस्य गोपाल बहादुर बमले बताएका छन् । मुगुबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला आएका बलमे मुगुमा धेरै सम्भावना भएपनि राजनितिक एजेण्डाको अभावले मुगु पछि परेको बताएका छन् ।
मुगु जिल्लामा विश्वमा पाईने विविधतायुक्त हावापानी, यार्सागुम्वा लगायत बहुमुल्य जडिवुटी प्रसस्त भएको भन्दै आर्थिक उपार्जनको रुपमा लिन सक्नु पर्ने बमको भनाई छ । चिनसंग ८४ किलोमिटर मात्र दुरी रहेको नाक्चेनाग्लालाई जोड्न सके पुर्वी करान क्षेत्रको स्थानियको जनजीवनमा ठुलो परिवर्तन आउने उनको दावी छ ।
प्रदेश नम्बर ६ को मुख्य आर्कषण राराको बारे प्रचारप्रसार गर्न सके यो प्रदेशको आर्थिक अवस्थामा उल्लेखनिय सुधार आउने बताए । रारालाइ हेर्न आन्तरिक प्रर्यटकको आगमन भइरहेको र अन्तराष्ट्रिय तहमा पनि यसलाइ प्रवद्र्धन गर्न सके मुगाली जनताको जिवन स्तरमा ठुलो परिवर्तन आइ युवाहरुले रोजगारी पाउन सक्ने भएकाले आफु यसमा लाग्ने प्रतिवद्धता जनाए । चार वटा स्थानिय तह रहेको मुगुलाई सडक संजाल संग जोड्नु आफ्नो प्राथमिकता रहने उनले बताए ।
प्रतिकृया दिनुहोस्