Birendranagar Municipality

जुम्लाका अर्जुन र राजलाई मध्यपश्चिम सुपरस्टार उपाधी

सेरोफेरो/सुर्खेत

१३ माघ । सुर्खेतमा सम्पन्न मध्यपश्चिम सुपरस्टार प्रतियोगिताको उपाधी जुम्लाले जितेको छ । प्रतियोगिताको गायन तथा नृत्य विधा दुवैमा जुम्लाले जितेको हो ।

 

गायन तर्फ जुम्ला चन्दननाथ नगरपालिका ६ छिना गाउँका अर्जुन सुनार प्रथम भएका छन् भने नृत्य तर्फको विधामा जुम्ला छिना कै राज रोकाया प्रथम भएका हुन् । सुनारले ३२ जना प्रतिष्पर्धीलाई पछि पारेका थिए भने रोकायाले १८ जना प्रतिष्पर्धीलाई उछिनेका थिए ।

 

गायन तर्फ सुर्खेतकी सुमित्रा विक दोस्रो र दैलेखका विमल खाती तेस्रो स्थानमा आएका छन् । नृत्य तर्फ स्वीकृति चौधरी, सुर्खेत र जानकी शाही, दैलेख क्रमशः द्वीतिय र तृतीय भएका छन् । दोस्रो र तेस्रो स्थानमा आउनेले क्रमशः २० हजार र १० हजार रुपैया नगद पुरस्कार पाएका छन् ।

 

प्रतियोगिताको सेमिफाईन मध्य पश्चिमका सबै जिल्लामा आयोजना गरिएको थियो । यससंगै गायन तर्फ उत्कृट ५ ले गीत रेकर्ड र नृत्य तर्फका उत्कृष्ट ५ जनाले कभर सङ गाउने अवसर पाउने एएस व्राईट फ्युचर सुर्खेतका प्रवन्ध निर्देशक रवि वडले जानकारी दिए । निकट भविश्यमै सिजन टु को आयोजना गरिने पनि उनले बताए ।

 

गायन तर्फ प्रथम हुन सफल अर्जुन सुनारले आफनो कलाको माध्यमबाट जिल्लाको नाम चिनाउन पाउँदा खुसी लागेको बताए ।

२०७४ माघ १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्