१४ माघ । नेकपा एमाले र माओवादी केन्द्रले ६ वटा प्रदेशको सभामुख र मुख्यमन्त्रीको भागबन्डा टुंग्याएका छन्। तर, व्यक्ति को हुने भन्नेबारे जानकारी बाहिर ल्याइएको छैन ।
आइतबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको दुई दलको कार्यदलले वाम गठबन्धनको बहुमत रहेका ६ प्रदेशको भागबन्डा टुंग्याएको हो ।कार्यदलका सदस्य एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार प्रदेश १,३, ४ र ५ मा एमाले तथा ६ र ७ मा माओवादीले मुख्यमन्त्री पाउने छन्।
उनका अनुसार १, ३, ६ र ७ को सभामुख एमाले र उपसभामुख माओवादी केन्द्रले पाउनेछन्। प्रदेश ४ र ५ माओवादीका सभामुख र एमालेका उपसभामुख हुनेछन्।
प्रदेश मन्त्रिपरिषदमा भने दुई पार्टीबीच ७०र३० प्रतिशतको भागबन्डा हुने भएको छ। मन्त्रालयको भागबन्डा भने संसदीय दलका नेता र मुख्यमन्त्रीले टुंगो लगाउने सहमति भएको पनि पाण्डेले जानकारी दिए।
प्रदेशमा शुरुमा ७ देखि ११ जनाको मन्त्रिपरिषद् बनाउने निर्णय पनि कार्यदलले गरेको छ। २ नम्बर बाहेक सबै प्रदेशमा बाम गठबन्धनको बहुमत छ।
प्रतिकृया दिनुहोस्