Birendranagar Municipality

प्रदेश ६ को पहिलो प्रदेश सभा बैठक माघ २१ मा आव्हान

सेरोफेरो/सुर्खेत
प्रदेश ६ को पहिलो प्रदेश सभा बैठक माघ २१ मा आव्हान

१४ माघ । प्रदेश ६ को पहिलो प्रदेश सभा बैठक माघ २१ गते हुने भएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले २१ गते आइतबार दिनको १ बजे बैठक बोलाएका हुन् ।


नेपालको संविधानको धारा ८३ उपधारा १ बमोजिम बैठक आव्हान गरिएको हो । प्रदेश सभाको लागि सिफारिस गरिएको शैक्षिक तालिम केन्द्रको हल व्यवस्थापन हुन नसकेकोले उक्त बैठक सुर्खेतस्थित सिंचाइ विकास डिभिजनको सभाहलमा बस्ने जनाइएको छ ।

२०७४ माघ १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्