Birendranagar Municipality

सडक खन्दा खसेको ढुङ्गा लागेर १ मजदुरको मृत्यु

रत्न भण्डारी रबिन/हुम्ला

१५ माघ । हुम्लामा सडक खन्ने क्रममा माथि बाट खसेको ढुङ्गा लागि १ जना मजदुरको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।


दार्मा सल्ली सल्ला जिल्ला सडकको लोतीखोला नजिकै सडकमा काम गर्दा अछाम पञ्चदेवल नगरपालिका ९ का २० बर्षीय सत्य बोहोराको मृत्यु भएको हो । घाइते हुनेमा नरहरीनाथ गाउँपालिका ७ कालिकोटका खगेन्द्र शाही छन् ।

 

मृतकका परिवारलाई वीमावापत ५ लाख रुपैया उपलब्ध गराउने ग्रामीण पहुँच कार्यक्रमका पदम बयकले बताए ।

२०७४ माघ १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्