Birendranagar Municipality

नयाँ वर्षको अवसरमा नमस्ते रारा म्याराथन तथा देउडा प्रतियोगिता हुने

शुभाकर विश्वकर्मा/मुगु
नयाँ वर्षको अवसरमा नमस्ते रारा म्याराथन तथा देउडा प्रतियोगिता हुने

१५ माघ । प्रदेश नम्बर ६ को प्रमुख प्रर्यटकिय गन्तव्य रारा तालमा नमस्ते रारा म्याराथन हुने भएको छ । आगामी बैशाख १ गते नयाँ वर्षको अवसरमा रारा तालमा रारा म्याराथन तथा खुल्ला देउडा प्रतियोगिता हुने भएको छ ।

 

जिल्लाका सरोकारवाला निकायको सहभागितामा बसेको बैठकले रारा तालमा थप प्रर्यटकहरु भित्राउने उद्देश्य सहित म्याराथन तथा खुल्ला देउडा प्रतियोगिता गर्न लागिएको हो । नमस्ते रारा अभियान अन्तर्गत विश्व बन्यजन्तु सप्ताहको अवसरमा प्रतियोगिता हुने छायानाय रारा नगरपालिकाले जनाएको छ ।

 

खुल्ला म्याराथन रारा ताल वरीपरी हुदै मुर्माटप सम्म हुने नगरपालिकाका मेयर हरिजंङ्ग शाहिले बताए । उनले भने प्रर्यटन प्रर्वद्धनको विषयमा खुल्ला देउडा प्रतियोगिता पनि संचालन हुने बताए । प्रतियोगिताको मुख्य आयोजक छायानाथ रारा नगरपालिका र सह आयोजक मध्यवर्ती व्यवस्थापन समिति रहने भएका छन् ।

 

बैठकमा प्रतिनिधि सभा सदस्य गोपाल बहादुर बम, नगरपालिकाका मेयर हरिजंग शाहि, प्रमुख जिल्ला अधिकारी लगायातको सहभागिता रहेको मध्यवर्ती क्षेत्र विकासका अध्यक्ष बलराम शाहनीले जनकारी दिए ।

२०७४ माघ १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्