१५ माघ । राष्ट्रियसभा सदस्यमा २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन सोमबार उनीहरु निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
ढकालका अनुसार प्रदेश १ मा ६ जना, प्रदेश २ मा ८ जना, प्रदेश ४ मा १ जना, प्रदेश ५ मा ३ जना, प्रदेश ७ मा ६ जना उम्मेदवार निर्वाचित भएका छन् । त्यस्तै प्रदेश ३ र ६ का सबै ८ पदमा निर्वाचन हुनेछ ।
प्रदेश १ मा महिला ३ र अन्य ३ गरी ६ जना र प्रदेश २ मा भने सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । प्रदेश ४ मा अपांगता वा अल्पसंख्यकको १ पद, प्रदेश ५ मा ३ महिला र प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ जना निर्विरोध निर्वाचित भएका छन् ।
५६ सदस्यका लागि हुने निर्वाचनमा अब बाँकी ३२ पदमा ५२ जनाबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट महिला ३, अन्य ३, अपांग वा अल्पसंख्यक १ र दलित १ गरी ८ जना निर्वाचित हुने व्यवस्था छ ।
सोमबारै आयोगले उम्मेदवारहरुलाई निर्वाचन चिन्ह पनि प्रदान गरेको छ ।
प्रतिकृया दिनुहोस्