१६ माघ । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनामा मंगलबार मुलुकभर शहीद दिवस मनाइएको छ।
प्रजातन्त्र स्थापनाका लागि १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले आफ्नो प्राणको आहुती दिएको सम्झनामा शहीद दिवस मनाईंदै
आइएको छ ।
शहीद सप्ताहको अन्तिम दिन मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको लैनचौरस्थित शहीद स्मारकमा माल्यार्पण गरी शहीदहरूप्रति सम्मान प्रकट गरे।
उक्त अवसरमा नेपाली सेनाले शहीद सलामी अर्पण गरेको थियो भने समारोहमा सरकारका मन्त्रीहरू, उच्च पदस्थ अधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
यसैगरी मुलुकका विभिन्न स्थानमा कार्यक्रमहरुको आयोजना गरी शहीद दिवस मनाइएको छ ।
नेपका एमालेका अध्यक्ष केपी ओलीले विज्ञप्तीमार्फत् लोकतान्त्रिक आन्दोलनका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ तथा अन्य ज्ञात अज्ञात व्यक्तिहरूको बलिदानबाट २००७ सालमा नेपालमा १ सय ४ वर्ष लामो राणा शासन अन्त्य भई प्रजातन्त्रको स्थापना भएको थियो। प्रजातन्त्र स्थापनामा योगदान पुर्याएका शहीदहरूको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई शहीद सप्ताहको रूपमा मनाउने गरिएको छ।
प्रतिकृया दिनुहोस्