२३ बैशाख, काठमाडौं- विश्व किर्तिमानी आरोही मीनबहादुर शेरचनको आज निधन भएको छ । ८६ बर्षीय शेरचन दोस्रोपटक सगरमाथा आरोहणका लागि बैशाख ३ गते त्यसतर्फ लागेका थिए । उनको आरोहणकै क्रममा निधन भएको पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिए ।
७७ बर्षको उमेरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी शेरचनले विश्व किर्तिमान कायम गरेका थिए ।
प्रतिकृया दिनुहोस्