Birendranagar Municipality

पूर्वी रुकुमको सदरमुकाम नसार्नु : सर्वोच्च

सेरोफेरो
पूर्वी रुकुमको सदरमुकाम नसार्नु : सर्वोच्च

१८ माघ । पूर्वी रुकुमको सदरमुकाम सार्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

 

सर्वोच्च अदालतले बिहीबार अन्तरिम आदेश गर्दै सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो। सर्वोच्चका न्यायाधीश दीपक कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णय तत्काललाई कार्यान्वयन नगर्न सरकारलाइ अन्तरिम आदेश दिएको छ ।

 

सरकारले पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट उत्तरपुथामा सार्ने निर्णय गरेको थियो । सरकारको यस निर्णयको विरुद्ध अधिवक्ता गणेश हमालसहित तीनजनाले सर्वोच्चमा रिट हालेका थिए ।

 

सरकारको यस निर्णयको विरुद्ध एक सातादेखि रुकुमकोटमा आन्दोलन भइरहेको छ ।

२०७४ माघ १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्