१८ माघ । मुुगु जिल्लामा ९ दशमलब २७ प्रतिशत बालबालिकामा कुपोषण रहेको एक तथ्यांकले देखाएकोे छ । जिल्लाभरका बालबालिकाहरुमा कुपोषण समस्याका रुपमा देखिएको छ । तथ्यांकका अनुसार जिल्लाका ग्रामिण क्षेत्रका बालबालिकामा स्वास्थ्य सेवा नपुग्नु तथा खाद्यन्न अभाव यसको प्रमुख कारण हो । साविकका २४ वटै गाउँ बिकास समितीहरुमा रहेका बालबालिकाहरुको पोषण लेखाजोखा हेर्दा कुुपोषणको दर कम हुदै गएको तर अझै करिव १०० जना बालबालिका मध्ये १० जनामा कुपोषण भएको जिल्ला जन स्वास्थ्य कार्यालय मुगुका निमित्त जिल्ला जनस्वास्थ प्रमख सरोज गरौले बताए ।
सबै क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुको सहयोगमा बालबालिकाहरुको पोषण लेखा जोखा गरी तथ्याङ्क प्रस्तुत गरिएको जिल्ला जन स्वास्थ्य कार्यालय मुगुले जनाएको हो । तिन बर्षको अबधिमा मुगुमा कुपोषणको दर केहि कम भएको भएपनी सोचे अनुरुप सुधार नआएको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले देशको जनशक्तिलाई समृद्धीमा बदल्न ज्ञान र सिपयुक्त विकास आत्मसाथ गरी कार्यन्वयन गर्न जोड दिए । कार्यक्रममा बोल्दै छायाँनाथ रारा नगरपालीकाका मेयर हरिजगं शाहिले कुपोषण अन्त्यको लागि सवै एक भएर लाग्नुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस्